Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४६८ एम्पुल लागूऔषध सहित १ जना पक्राउ

४६८ एम्पुल लागूऔषध सहित १ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७७ सोमवार • १०:४१:३८ बजे
  • 2.9K
    SHARES
  • ४६८ एम्पुल लागूऔषध सहित  १ जना पक्राउ
    नवलपरासी - जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)को प्रहरी टोलीले ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका-१२ बस्ने वर्ष ३१ को सुरेन्द्र थापा रहेका छन् ।कावासोती नगरपालिका-१६ तिनघरे चोकबाट उनलाई प्रहरीले फेनरागन १५६ एम्पुल, नुफिन १५६ एम्पुल र डाईजोपाम १५६ एम्पुल गरी जम्मा ४६८ एम्पुल लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिईएको हो ।

    पूर्व-पश्चिम राजमार्गमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले प्रदेश ३-०३-००१ प ५९५९ नं।को स्कुटीमा सवार थापालाई चेकजाँच चेकजाँच गर्ने क्रममा उनलाई प्रकाउ गरी थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको बताएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology