Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १०:१६:३१ बजे
  • 826
    SHARES
  • कोरोनाका दुवै मात्रा खोप प्रभावकारी

    कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ ।

    images

    कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा कोरोनाविरुद्धको खोप लगाई शरीरमा एन्टिबडी विकास भएकाको सङ्ख्यालाई विश्लेषण गर्दा खोप लगाएको समय बढ्दै जाँदा एन्टिबडी विकसित भएकाको सङ्ख्या घट्दै गएको पाइएको छ ।

    परिषद्का सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले कोरोना सङ्क्रमण भई निको भएका तथा खोप लगाएका अधिकांश जनसङ्ख्यामा कोरोनाविरुद्धको एन्टिबडी विकसित भएको अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो ।

    कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३.३ प्रतिशत र भेरोसेल लगाएकामा ७२.४ प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता एन्टिबडी बनेको बताउनुभयो ।

    परिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुरका एक हजार ७९६ जनामा अध्ययन गरेको थियो ।

    एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अध्ययन गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको हो ।

    परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले पहिलो मात्रा खोप लगाएकामध्ये ५५.१ प्रतिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको जानकारी दिनुभयो ।

    भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको बताउनुभयो ।

    उहाँले खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको बताउनुभयो ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology