Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फुटबल:नेपाल आज भारतसंग भिड्दै

फुटबल:नेपाल आज भारतसंग भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १०:५९:३३ बजे
  • 1.1K
    SHARES
  • फुटबल:नेपाल आज भारतसंग भिड्दै

    साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    images

    खेल नेपाली समय अनुसार आज राति पौने १० बजे सुरु हुनेछ । आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ । यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेको छ ।

    भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ । सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो ।

    साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टोली भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन् ।

    प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १÷० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३÷२ ले हराएको थियो ।

    भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ । नेपालले हालसम्म भारतसँग २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

    नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology