Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकाले घोषणा गरेको खोप लक्ष्य पूरा नहुने संकेत

सरकाले घोषणा गरेको खोप लक्ष्य पूरा नहुने संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • ०९:४१:५२ बजे
  • 796
    SHARES
  • सरकाले घोषणा गरेको खोप लक्ष्य पूरा नहुने संकेत

    सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ।

    images

    हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ।

    शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइएको छ।

    पुस मसान्तसम्म ६६ प्रतिशत जनसंख्या (दुईतिहाइ) लाई खोप लगाउने लक्ष्य पूरा गर्न एक करोड ३२ लाख ८१ हजारजनालाई खोप लगाउनुपर्ने हुन्छ। तर शनिबारसम्म खोपको दुवै डोज लगाएको जनसंख्या साढे ६४ लाखमात्र छ। यो हिसाबले पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न ९५ दिन बाँकी छ।

    हालको गतिले हिसाब गर्दा अबको १५० दिनमा मात्र दुईतिहाइ जनसंख्यालाई खोप लगाउन सकिन्छ। आइतबारसम्म खोपको पहिलो डोज लगाउने जनसंख्या ३७ प्रतिशत पुगे पनि दुवै डोज लगाउने जनसंख्या ३० प्रतिशत पनि पुगेको छैन।

    पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न बाँकी अवधिमा दिनहुँ १ लाख २५ हजार डोज खोप लगाउनुपर्ने हुन्छ। तर, खोपका दुवै डोज जोड्दा हाल झण्डै ७९ हजार डोज खोप दिनहुँ लगाइएको सन्दर्भमा यो लक्ष्य पूरा हुन कठिन छ।

    यसैगरी, माघदेखि वैशाख मसान्तसम्म तय गरिएको लक्ष्य पूरा गर्न थप ६६ लाख ४० हजार जनसंख्याालाई खोप लगाउनुपर्ने हुन्छ।

    यसरी यो अवधिको १२० दिनमा १ करोड ३२ लाखजनालाई खोप उपलब्ध गराउन दिनहुँ १ लाख १० हजार ६७९ डोज लगाउनुपर्ने हुन्छ।

    अर्कोतिर ११ देखि १८ वर्ष उमेर समूहलाई खोप दिने प्रस्तावित सरकारी योजनाको समेत हिसाब गर्ने हो भने खोप लगाउने दर झण्डै तीन गुणाले बढाउनुपर्ने विज्ञ बताउँछन्।

    समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology