Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्की अदालतमा बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी विरुद्ध २१ वर्षको सजाय माग गर्दै अभियोग दर्ता

कास्की अदालतमा बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी विरुद्ध २१ वर्षको सजाय माग गर्दै अभियोग दर्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २६, २०७७ सोमवार • ११:१७:१६ बजे
  • 1.7K
    SHARES
  • कास्की अदालतमा बलात्कारको आरोप लागेका सशस्त्रका एसएसपी विरुद्ध २१ वर्षको सजाय माग गर्दै अभियोग दर्ता
    सरकारी वकिलको कार्यालय कास्कीले बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीविरुद्ध अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

    सरकारी वकिल कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद शर्माका अनुसार मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को उपदफा २ को (ङ) अनुसार सातदेखि १० वर्ष, सोही संहिताको दफा २२३ को उपदफा २ को (१) बमोजिम चार वर्षसम्म कैद र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, ०७४ को दफा १५ को उपदफा (२) को (ङ) अनुसार ढेडी सजाय हुने व्यवस्थाअनुसार तीन अभियोग दर्ता गरी अधिकतम २१ वर्षको कैद सजाय माग गरिएको शर्माले जानकारी दिए । यो समाचार नयाँ पत्रिका कास्कीका प्रतिनिधि रोहितराज पराजुली लेखेका छन ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकतम १५ वर्षको सजाय माग गर्दै शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरेकोमा सरकारी वकिल कार्यालयले अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

    चितवन घर भएकी अन्दाजी २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको भन्दै दिएको उजुरीको आधारमा ३१ असारमा उनी पक्राउ परेका थिए । ३१ असारमा पक्राउ परेका अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले १ साउनमा सात दिन, ७ साउनमा सात दिन र १४ साउनमा १४ दिन म्याद थप गरी अनुसन्धान गरेको थियो । 

    सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखसमेत रहेका अधिकारीले ती युवतीलाई ३१ असारको बिहान क्वार्टरमा खाना खान बाेलाएका थिए । अधिकारीलाई धरौटीमा छाड्ने वा हिरासतमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा सोमबार थुनछेक बहसपछि फैसला  हुनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology