Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्रिकेटर सन्दीप लामिछानेले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

क्रिकेटर सन्दीप लामिछानेले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • १५:३५:५५ बजे
  • 1.0K
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

    नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर आफ दि मन्थ) अवार्ड जितेका छन् ।

    images

    आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ दि मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् ।

    सन्दीपले अघिल्लो महिना ओमन भ्रमणमा सर्वोकृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए ।

    ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ दि मन्थको मनोनयन सूचिमा परेका थिए ।

    यस अवार्डका विजेता आइसिसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा भएको हो ।

    आइसिसी प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ । आइसिसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology