Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए महाधिवेशन स्थगित

एनआरएनए महाधिवेशन स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • १६:१८:२३ बजे
  • 2.3K
    SHARES
  • एनआरएनए महाधिवेशन स्थगित

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को ६–८ कात्तिकमा काठमाडौंमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ ।

    images

    परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

    परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको, विद्यार्थीहरूलाई विधानविपरीत सदस्यता वितरण गरिएको, तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै विवादित विषयको निरूपण नभएसम्म महाधिवेशन नगर्न पत्र पठाएको थियो ।

    ‘गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गर्दै उक्त बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ’ प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

    मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरूसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको प्रवक्ता क्षेत्रीले जनाएका छन् । उनका अनुसार ६ महिनाभित्र महाधिवेशन हुनेछ ।

    nrna.jpg

  • सम्बन्धित विषय:

  • # एनआरएनए महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology