Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकाबिहानै थप ३० जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४८७ पुग्यो

एकाबिहानै थप ३० जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४८७ पुग्यो

Deeps

Deeps

जेठ ९, २०७७ शुक्रवार • ०७:५५:५९ बजे
  • 1.6K
    SHARES
  • एकाबिहानै थप ३० जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४८७ पुग्यो

    शुक्रबार नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३० जनामा संक्रमण पुष्टि गरेसँगै नेपालमा संक्रमितको कूल संख्या ४८७ पुगेको छ । संक्रमित हुनेहरुमा कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकारहेका छन् ।

    images
     

    त्यस्तै नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

    त्यस्तै सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४९ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।

    Deeps

    This is Test

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology