कुवेत - नेकपा माओवादी (विप्लव) निकट रहेको नेपाली जनप्रगतिशिल मोर्चा कुवेतले बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा ५४,४५० रुपैयाँ (चौवन्न हजार चार सय पचास रुपैयाँ) सहयोग गरेको छ ।
नेपालमा हालै आएको बाढी र पहिरोका कारण प्रभावित भएका नागरिकहरूको उद्धार तथा राहतका लागि प्रवासबाट पनि सहयोग जुट्ने क्रम जारी रहेको छ । यसै क्रममा वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपालीहरूको संगठन नेपाली जनप्रगतिशिल मोर्चा कुवेतले आर्थिक सहयोग प्रदान गरेको हो ।
देशमा आइपरेको यस प्राकृतिक विपत्तिको समयमा मातृभूमिको दुःखमा मलम लगाउने उद्देश्यले कोषमा जम्मा गरिएको मोर्चाले जनाएको छ । प्रवासमा रहे पनि आफ्नो देश र जनता संकटमा पर्दा सानो भए पनि सहयोग पुगोस् र राहत कार्यमा थप टेवा मिलोस् भनेर उक्त रकम पठाएको मोर्चाका अध्यक्ष शेर सुनारले जानकारी दिएका छन् ।