इन्ग्लिश क्लब चेल्सी पुन ठुलो लगानी गर्दै सनसनीपूर्ण खेलाडी ट्रान्सफरको तयारीमा रहेको देख्न सकिन्छ । स्पेनको एक चर्चित मिडिया डोन बालोनका अनुसार चेल्सी युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो माथि ठुलो रकम खर्चिदै रोनाल्डो प्रिमिएर लिग भित्र्याउन चाहेको बताएको छ ।
रोनाल्डो एजेन्टसंग रोनाल्डो ल्याउने प्रस्ताव चेल्सीका एजेन्टले गरिरहेको उक्त मिडियाले बताएको छ । विभिन्न इटालियन श्रोतका अनुसार आउदो सिजन इटालीमा चलिरेको आर्थिक मन्दीका कारण रोनाल्डोले इटाली छाड्न सक्ने बताउदै आइरहेका बेला नयाँ प्रस्ताव अहिले चर्चामा रहेको छ ।
चेल्सीको प्रस्तावमा प्राय ३० बर्ष मुनिका खेलाडीहरु मनोनयनमा रहने गरेको पाइन्छ तर रोनाल्डो ३४ बर्षका छन् र चेल्सीको चयनमा उनि पर्दैनन्, तर एजेन्टहरु विचको समझदारीमा मात्र त्यो सबल हुन् सक्छ ।
रोनाल्डो माथि कति खर्चिदै छ त चेल्सी ?
चेल्सीले रोनाल्डो ल्याउनका निम्ति १२० मिलियन यूरो खर्चिने उक्त रिपोर्टले बताएको छ ।
१०० मिलियन लागतमा इटाली पुगेका रोनाल्डो माथि उक्त रकम युभेन्ट्सका निम्ति भने सान्दर्भिक हुन् सक्छ तर पक्कै चेल्सीले आर्थिक मन्दीमा रोनाल्डोको पारिश्रमिक भने पुरा गर्न सक्छ त्यो भने कठिन छ !!
साथै रोनाल्डो पुन रियल फर्काउने ध्येयमा हाल मड्रिड उत्रिएको छ ।