वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सटही सुविधामा थप गरिएको छ।
नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले राहदानीबापत दुई सय अमेरिकी डलर मात्र सटही सुविधा पाउँदै आएका थिए ।
दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले कोभिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।
समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।