Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०८३ आइतवार • ०५:२८:२९ बजे
  • 727
    SHARES
  • बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

     विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।

    images

    श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

    विज्ञप्तिका अनुसार, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्।

    राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।

     

    नेपाल र श्रीलंकाबीचको लामो र घनिष्ठ मित्रता तथा ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्।

    यो आर्थिक सहयोग बाढी र पहिरोबाट प्रभावित समुदायको तत्काल राहत र मानवीय सहायताका लागि उपयोग गरिने विज्ञप्तिमा उल्लेख छ।

    यसैगरी, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन कुराकानी गरेका छन्। वार्ताका क्रममा मन्त्री हेराथले नेपालप्रतिको समवेदना, निरन्तर समर्थन र ऐक्यबद्धता प्रकट गरेको मन्त्रालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # डलर मानवीय सहायता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology