Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०८३ आइतवार • ०५:२४:१० बजे
  • 316
    SHARES
  • चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

    चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।

    images

    आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।


    काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।

    दूतावासका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। सो अवसरमा उनीहरूले नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए।


    चिनियाँ राहत सामग्रीमा के-के छन्?

    चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमान करिब ३ घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्। विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।

    विपद् प्रभावितहरूका लागि ल्याइएका सामग्रीहरूमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।

    नेपाल र चीनको सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोपछिको प्रतिकार्यमा सघाउन चीनले यो आपत्कालीन राहत र विशेषज्ञ टोली पठाएको हो।

  • सम्बन्धित विषय:

  • # दुई विमान काठमाडौंमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology