Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सिधा, खुला र स्पष्ट छलफल गरौँ : प्रवक्ता श्रेष्ठ

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सिधा, खुला र स्पष्ट छलफल गरौँ : प्रवक्ता श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • १५:५८:३२ बजे
  • 1.5K
    SHARES
  • देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सिधा, खुला र स्पष्ट छलफल गरौँ : प्रवक्ता श्रेष्ठ

    सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खुला छलफलमार्फत पार्टीलाई सकारात्मक निकास दिनुपर्ने बताएका छन् । श्रेष्ठले पार्टी, वर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सिधा, खुला र स्पष्ट छलफल गर्दै सकारात्मक निकास दिने प्रस्ताव गरेका हुन् ।

    images
     

    समाजिक सञ्जालमा लामो स्टाटस राख्दै प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा तथा एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति भएको भन्दै त्यसले समस्या समाधानभन्दा अझ जटिल बनाउने धारणा राखेका छन् ।

    ‪कम्युनिष्ट पार्टीको उदेश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु भएको भन्दै नेता श्रेष्ठले त्यसका लागि पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त भएको बताए । श्रेष्ठले पार्टी एकताको रक्षा गर्दै समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण र समाजवादको बाटोमा अघि बढ्न सबैलाई आव्हान पनि गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology