Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीको तीन निर्देशन, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार

प्रधानमन्त्रीको तीन निर्देशन, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • ११:४३:५२ बजे
  • 874
    SHARES
  • प्रधानमन्त्रीको तीन निर्देशन, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार

    प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    images

    मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।

    मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो ।

    दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

    प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिएका छन् ।

    उनले सार्वजनिक(निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology