Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको दर्शन

राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको दर्शन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७८ बुधवार • १४:०१:४५ बजे
  • 1.1K
    SHARES
  • राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको दर्शन

    काभ्रेपलाञ्चोक। आज बडादशैँको महाअष्टमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन् ।

    images

     

    पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले बुधबार विहान करिब दश मिनेट पूजाअर्चना गरेही हुन्। उनी विहान १०:३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो ।

    गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ।

    राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।

    हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दूरीमा अवस्थित मन्दिरसम्म पुर्‍याइएको थियो ।

    करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ।

    यो मन्दिरमा विशेष गरी दशैँ, माघे-सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology