Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा

एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १५:५५:५४ बजे
  • 916
    SHARES
  • एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा

    सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालन गर्न नेकपा (एमाले)सँग छलफलका लागि तयार रहेको बताएका छन् । संसद् चलाउनका लागि संवादकोे विकल्प नभएकाले सरोकालवाला सबै पक्ष संवादमा आउनुपर्ने उनले बताए ।

    images

    बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लखे गर्दै आफू प्रतिपक्ष दल नेकपा (एमाले)सँग छलफलका लागि तयार रहेको बताएका हुन् ।

    सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान समेत गरेका छन् ।

    “संवादको विकल्प छैन । ढिलो चाँडो उहाँहरु आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रतापूर्वक नै संसद्को गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै भएको बताएको छु,” उनले भने,“के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो ।

    के गर्नुपर्छ त्यसका लागि म तयार छु । तर, सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसद्हरु सबैको दायित्व हुन्छ ।” उनले आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्ने बताए । उनले कात्तिक ९ गतेको बैठकसम्म सकरात्मक वातावरण बन्छ भन्नेमा आफू आशावादी भएको बताए ।

    “हाम्रो संसद्मा अहिले अलिकति समस्याहरु देखिएको छ, अबरुद्ध भइरहेको छ । १५ दिनको समय पनि छ, कात्तिक ९ गतेको बैठकसम्म सकरात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु,” उनले भने ।

    सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजय दशमीले सकरात्मक सोचको विकास गराउने आशा व्यक्त गरे ।

    संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चार माध्यममा आएको कुरा सही नभएको उनको दाबी थियो । उनले संवेदनशील विषयहरु अगाडि बढाउन आफूले नरोकेको र सहजीकरण नै गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology