गोठ शक्ति को सजावट हो
गोठ शक्ति को भण्डार हो ।
गोठ मा सजाएको भकारी मा
शक्ति को सौर्य हुनु सर्बहारा जीवन को प्रतीक हो।
गोठ सर्बहारा जीवन को पहरा हो
गोठ अफ्ट्यारो मा ओत दिने महल हो।
राज्य बिरुद्ध उथलपुथल का युद्ध हरुमा
गोठ शक्ति को युद्ध कवच हो ।
राज्य आतंक बिरुद्ध भिमकाय संघर्ष मा
गोठ शक्ति बचाउने बंकर हो।
वर्गसंघर्ष का आँधिहुरी मा
गोठ, राफेल, जे २० प्राहार बाट बचाउने सुरुङ हो।
ब्यबस्था विरुद्ध को लडाइ मा
गोठ जनताको महल सजाउने सपना हो ।
कमजोर धरातल मा बनेको गोठ
मानव जीवन को व्यवस्थित सभ्यता हो
जहाँबाट साम्यवादी सुन्दर जीवन देख्छ।
गोठ समानता मुलक संसार को चित्र कोर्छ।
अलौकिक बिचार हरु लाई बैज्ञानिक बिचार द्वारा कुल्चिने,
गोठ श्रमजीवी मानव को शाश्वत दृस्ठिकोण हो।
गोठ साम्यवादी बिचार लाई स्थापित गर्ने पाठशाला हो।।