Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सवारी दुर्घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

सवारी दुर्घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • २०:२९:४१ बजे
  • 1.3K
    SHARES
  • सवारी दुर्घटनाका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

    सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ।

    images

    बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार गराउने पनि जानकारी गराएको हो ।

    ‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाइ नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

    चाडवाड र उत्सवको समयमा हुने यस्ता दुःखद् घटनाहरूको न्यूनीकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरु, स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई संवेदनशील र जिम्मेवार भइ लाग्न गृहको निर्देशन छ ।

    यस्तै यातायात व्यवसायी, मजदुर र यात्रुहरुले समेत सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यातायात सेवा सञ्चालन र प्रयोग गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology