Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले अध्यक्ष ओलीको झापामा चियापान आज

एमाले अध्यक्ष ओलीको झापामा चियापान आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७८ बिहिवार • १०:०९:५० बजे
  • 853
    SHARES
  • एमाले अध्यक्ष ओलीको झापामा चियापान आज

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै आज झापामा शुभकामना आदान प्रदान सहित चियापानको आयोजना गरेका छन् ।

    images

    अध्यक्ष ओलीले गृह जिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक वर्ष महानवमीको दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरेको कार्यक्रमको व्यवस्थापन गरिरहेको एमाले जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपाका महासचिव राजेन्द्र लिङदेन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतका नेताहरु पनि सहभागी हुनेछन् । कार्यक्रम साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा आयोजना गरिएको छ ।

    कार्यक्रमका लागि अध्यक्ष ओली यति एयरको पहिलो उडानबाट भद्रपुर अवतरण गर्दै छन् । उनी आजै अपरान्ह ३ः४० को उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology