Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहले दसैँ कसरी मनाउदैछ्न !

यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहले दसैँ कसरी मनाउदैछ्न !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७८ बिहिवार • १२:५३:५७ बजे
  • 1.0K
    SHARES
  • यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहले दसैँ  कसरी मनाउदैछ्न !

    आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ । बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइने गरिन्छ ।

    images

    यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैँ कस्तो हुनेछ भनेर यहाँ यसबारे जानकारी दिन खोजिएको छ । गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैँ, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् ।

    यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैँ मनाउने छन् । गतवर्ष संक्रमणका कारणले दसैँ मनाउन नपाएका शीर्ष नेता यस पटक भने दसैँ मनाउने तयारीमा छन् ।

    शीर्ष नेतामध्ये नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवै जनाका भाइको निधन भएकाले उनीहरूले दसैँको टीका लगाउने छैनन् । हालै मिर्गौला प्रत्यारोपण गराए आएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यस पटक दसैँमा आराम गरिरहेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँ काठमाडौँमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैँ मनाउने भएका छन् । उनले दसैँमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्षको दसैँ परिवारभित्र नै मनाउने भएका छन् ।

    परिवारमा उनले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै उनले दसैँ मनाउने तयारी गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

    नेता प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन । ‘उहाँले दसैँमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ’ उनले भने, ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन ।

    अब चाँडै नै तय हुन्छ ।’ उनका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाउने छैनन् । यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक कोही सँगै पनि टीका लगाउने छैनन् । माइजुबाट टीका लगाउँदै आएका उनी यसपट माइजुको जुठो परेकोले टीका नलगाउने भएका हुन् ।

    उनी माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आएका थिए । उनका स्वकीय सचिव दीपक टमटाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दसैँ मनाउने भएका छन् ।

    परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उनले टीका लगाउने छैनन् । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले यसपटक दसैँ घरमै परिवारसँगै नै मनाउने भएका छन् । उनले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका लगाउने छैनन् ।

    भारतको नयाँ दिल्लीबाट भर्खरै मिर्गौला गराएका आएका कारण उनी चिकित्सकले अझै तीन चार महिनासम्म कसैको सम्पर्कमा नजाने भनेकाले दसैँमा कसैलाई पनि टीका नलगाउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

    ‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसैले यस पटकको दसैँमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्पर्कमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’

    पहिले नेता खनाल दसैँमा गृहजिल्ला इलाम जाने गरेका थिए । यस्तै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको दसैँ काठमाडौँमा नै हुने भएको छ ।

    उनी परिवारसँगै नै दसैँ मनाउने तयारी गरेका छन् । उनले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने उनको स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

    यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दसैँ नमनाउने भएका छन् । उनका भाइको निधनको कारणले उनले दसैँ नमनाउने भएका उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जाने भएका उनले जानकारी दिए ।

    यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दसैँमा काठमाडौँमा नै मनाउने भएका छन् । उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नेछन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने बताए ।

    यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक दसैँ नमनाउने भएका छन् । उनका स्वकीय सचिव चिरिञ्जीवि अधिकारीका अनुसार पौडेलका भाइ गोविन्द पौडेलको निधन भएकाले उनले यसपटक दसैँ नमाउने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology