Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लवका दाजु वीरजंगको निधन

विप्लवका दाजु वीरजंगको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७८ शुक्रवार • १२:३४:४४ बजे
  • 937
    SHARES
  • विप्लवका दाजु वीरजंगको  निधन

    नेत्रविक्रम चन्द विप्लवका दाजस चन्द्रविक्रम चन्द ‘वीरजंग’ को निधन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका वीरजंग विप्लवका सहोदर जेठा दाजु हुन् ।

    images

    उनको आज (शुक्रबार) बिहान भारतको नयाँदिल्लीमा ६१ वर्षको उमेरमा निधन भएको हो । वीरजंग लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याले ग्रसित थिए । उनको दिल्लीस्थित म्याक्सिस अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

    कपिलवस्तुको शिवराज गढीमा बस्दै आएका वीरजंग माओवादी जनयुद्ध कालमा पर्वत र बाग्लुङको ईन्चार्ज थिए । पछि माओवादी टुक्रिएर विप्लव नेतृत्वमा नेकपा बनेपछि उनी उक्त पार्टीका केन्द्रीय सदस्य थिए ।

    अघिल्लो सरकारका पालामा नेकपालाई प्रतिबन्ध लगाएपछि वीरजंग पनि पक्राउ परेका थिए । केही महिनाअघि मौ उनी चितवन कारागारबाट रिहा भएका थिए ।

    हाल उनका दुई छोरा र एक श्रीमती छन् । उनी करिब १९ महिना जेल बसेका थिए । वीरजंगको शव शुक्रबार नै शिवराज गढीस्थित घरमा ल्याइने र शनिबारसम्म अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology