Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सैन्य हवाई क्षेत्रलाई चीनले झन शक्तिशाली बनायो

सैन्य हवाई क्षेत्रलाई चीनले झन शक्तिशाली बनायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७८ शनिवार • १०:०९:०० बजे
  • 643
    SHARES
  • सैन्य हवाई क्षेत्रलाई चीनले झन शक्तिशाली बनायो

    एजेन्सी । चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाईट तस्विरले देखाएका छन् । ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो ।

    images

    साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ । बलियो बनाइएका ती क्षेत्रले चीनको हवाई फौजलाई आकाशमा शत्रुविरुद्ध लड्न सहयोग गर्नेछन् ।

    एक साताअघि चीनको जनमुक्ति सेनाको हवाई फौजले ताइवानको रक्षा क्षेत्रमा १५० ओटा लडाकु विमान उडाएपछि स्याटलाइट तस्विर सार्वजनिक गरिएका थिए ।

    ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ लडाकु विमान उडेपछि दुई देशबीचको तनाब चुलिएको छ । बिबादमा अमेरिकासमेत तानिएको छ । ताइवानमाथि हमला भए अमेरिका चुप लागेर नबस्ने वासिंगटनले चीनलाई चेतावनी दिइसकेको छ ।

    लंगटियान, हुइएन र झाङझोउ आधार क्षेत्र बाट खिचिएका तस्विरमा चीनले निर्माण गरिरहेको भण्डारण बंकर, लामा एप्रोन र नयाँ प्रशासकीय भवनहरु देख्न सकिन्छ ।

    तस्विरलाई सुरुमा अमेरिकाको सेनाको वेबसाईट दी ड्राइभले सार्वजनिक गरेको थियो । सन् १९८० को दशकको समयमा निर्माण गरिएका पूर्वाधारहरुलाई सन् २०२० को सुरु देखि पुनः निर्माण गरेको तस्विरमा देखिन्छ ।

    कोभिड महामारीको समयमा पनि निर्माण कार्य जारी रहेको थियो । लंगटाएन वायुक्षेत्रलाई ठूलो र हवाई रक्षा स्थापनाको रुपमा विकसित गरिएको छ । त्यहाँ कम्तिमा पाँच ओटा बंकरहरु थप प्रशासकीय केन्द्रहरु निर्माण भइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # शक्तिशाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology