Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महासचिव विप्लवले दिए आफ्ना जेठा दाई तथा पार्टीका केन्द्रीय सदस्य वीरजंगलाई अन्तिम श्रद्धाञ्जली

महासचिव विप्लवले दिए आफ्ना जेठा दाई तथा पार्टीका केन्द्रीय सदस्य वीरजंगलाई अन्तिम श्रद्धाञ्जली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७८ शनिवार • १७:३०:५३ बजे
  • 1.0K
    SHARES
  • महासचिव विप्लवले दिए आफ्ना जेठा दाई तथा पार्टीका केन्द्रीय सदस्य वीरजंगलाई अन्तिम श्रद्धाञ्जली

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना जेठा दाई तथा सो पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द वीरजंगलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    images

     

    विप्लवसँगै बीरजंगलाई श्रद्धाञ्जली दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी केन्द्रका केन्द्रीय नेता चक्रपाणी खनाल, बसन्त घर्तीमगर, एमाले नेता तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीलगायत पुगेका थिए ।

    कपिलवस्तु शिवगढीस्थित घरमा पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीययले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    श्रद्धाञ्जली दिन पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठूलो क्षति भएको बताए । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका वीरजंगको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रवार मृत्यु भएको थियो ।

    उनको शवलाई शनिबार गृहजिल्ला कपिलवस्तुको शिवगढी ल्याई श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका वीरजंग विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

    केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका उनी कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । ६१ वर्षीय वीरजंगका दुई छोरा र एक श्रीमती छन् । उनको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

    यस्तो छ वीरजंग इतिहास

    २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

    १० वर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रविरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

    विप्लवले वैद्यसँग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेलजीवन व्यतित गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो ।

    दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो ।

    भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको हो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।

    नेपाल प्रेसबाट साभार

  • सम्बन्धित विषय:

  • # विप्लव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology