म्याग्दी प्रवासी नेपाली सघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले बडा दशैको दिन शुभकामना आदानप्रदान सहित सामुहिक टीकाटालो र दोश्रो अधिवेशनको समिक्षा कार्यक्रम मङ्गाफ स्थित मेमोरिस हलमा भव्यताको साथ सम्पन्न गरेको छ ।

मोना कुवेतका सचिव तेजिन श्रेष्ठको संचालनमा रहेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् उपाध्यक्ष नन्द बरुवालले स्वागत मन्तव्य दिनु भएको थियो भने कोषाध्यक्ष कृष्ण प्रसाद खड्का सहित केही सदस्यले स्वागत गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सभापति मान बहादुर फगामी, संरक्षक प्रेम बहादुर बिस्वकर्मा, वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल, उपाध्यक्ष आशा बस्याल, अतिथि रन रसाईली लगायतले पानसमा दिप प्रज्वलन गरी दुर्गा माताको पूजा आराधना सहित कार्यक्रमको समुदघाटन गरिएको थियो ।

अध्यक्ष मान बहादुर फगामीले उपस्थित पदाधिकारी, सदस्य लगायत अतिथिलाई टीका र जमरा लगाई दिनु भएको थियो । कार्यक्रममा संरक्षक प्रेम बहादुर बिस्वकर्मा, वरिष्ठ सल्लाहकार कमल भण्डारी, सल्लाहकार शेर सुनार, वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल, उपाध्यक्ष आशा बस्याल, महासचिव चन्द्र गोतामे, सदस्य तथा भलिवल टिम म्यानेजर खेम परियार लगायतले मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष कृष्ण प्रसाद खडकाले सस्थाको आयव्यय प्रस्तुत गर्नु भएको थियो । मोना कुवेतको दोश्रो अधिवेशन २६ मार्च २०२१ मा सम्पन्न भए पनि कोरोना कहरका कारण समिक्षा कार्यक्रम हिजो मात्र सम्पन्न भएको हो । मोना कुवेत स्थापना गर्न निकै अमुल्य योगदान दिनुकाे साथै पहिलो कार्यकालमा अध्यक्ष पदमा रही सस्थालाई उच्च स्थानमा पुर्याउन भूमिका खेलेको भनी सस्थापक निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक प्रेम बहादुर बिस्वकर्मालाई मायाको चिनो प्रदान गरेको छ भने सस्थामा अहोरात्र खटी योगदान गरेको भनी उपाध्यक्ष आशा बस्याल र उपाध्यक्ष तुल पुनलाई सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

कुवेतमा कार्यरत म्याग्देलीहरुको कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो । मोना कुवेतले मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । कुवेतमा कार्यरत रही अलपत्र परेका म्याग्देलीहरुलाई उद्दार गर्नुको साथै जिल्लामा विभिन्न किसिमका पीडितलाई समेत आर्थिक सहयोग गर्दै आएको छ ।


