Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यसरी राखिन्छ समुद्री आँधीको नाम

यसरी राखिन्छ समुद्री आँधीको नाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १०:०९:२३ बजे
  • 829
    SHARES
  • यसरी राखिन्छ समुद्री आँधीको नाम

    एजेन्सी, । समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं ठाडो हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् ।

    images

    आँधीले विभिन्न देशमा ठुलो जनधनको क्षति गरेका छन् । आज यहाँ आँधीले पुर्याउने क्षति भन्दा पनि आँधीको नाम कसरी राखिन्छ भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।

    आँधीको पहिचान, त्यसले पुर्याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामाकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो हुने विज्ञहरू बताउँछन् ।

    यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदैछ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ । सुरूवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो ।

    सन् १९५० को मध्यदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो । सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको वर्णअनुसार नाम राख्न थाले ।

    जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामाकरण गरियो । यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन (डब्लुएमओ) को अन्तर्राष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।

    सन् १९७९ पछि पहिलोपटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधीका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ ।

    तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ । तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिँदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ ।

    विनाशकारी आँधी आएमा डब्लुएमओको ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक बैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

    आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिबियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा) क्याट्रिना (सन् २००५ मा अमेरिकामा), मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा) को नाम सूचीबाट हटाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # समुद्री आँधी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology