Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १०:१८:२२ बजे
  • 736
    SHARES
  • आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

    आज (आइतबार) अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।

    images

    सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ । गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ ।

    दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ ।

    नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ ।

    नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्बौँ रुपैयाँका फरक–फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

    सन् १९९६ मा नेपालको करिब ४२ प्रतिशत रहेकोमा सन् २००४ मा ३०.४ र सन् २०१९ मा १८.७ प्रतिशतमा झरेको देखिन्छ । तर, कोरोना संक्रमण तथा यसपछिको लकडाउनका कारण अर्थतन्त्र सुस्ताएकाले गरिबी दर धेरै नघट्ने प्रक्षेपण गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology