Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिडबाट रसियामा एकैदिन एक हजारको मृत्यु

कोभिडबाट रसियामा एकैदिन एक हजारको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • ११:५१:१३ बजे
  • 853
    SHARES
  • कोभिडबाट रसियामा एकैदिन एक हजारको मृत्यु

    रसियामा कोभिडबाट एकै दिन एक हजार जनाको मृत्यु भएको छ । कोभिड महामारी फैलिएपछि रसियामा पहिलो पटक संक्रमणबाट यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

    images

    पछिल्लो एक सातादेखि कोभिडबाट मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । खोप लगाउन अटेरी गर्दा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको रसियाली प्रशासन क्रेमलिनले जनाएको छ ।

    बढ्दो अविश्वासका कारण अहिलेसम्म एक तिहाई रसियालीले मात्र खोप लगाएका छन् । कोभिडबाट रसियामा अहिलेसम्म २ लाख २२ हजारको मृत्यु भइसकेको छ । शनिबार मात्र ३३ हजार संक्रमित थपिएका थिए । अर्थतन्त्र चलायमान हुन दिनुपर्ने भन्दै सरकारले लकडाउनभन्दा पनि खोपमा जोड दिएको छ ।

    संक्रमण बढ्दै गइरहेको अवस्थामा सर्वसाधरणलाई खोपबारे जोड दिनुपर्ने धारणा यसै साता सरकारका प्रवत्ता दिमित्री पेस्कोभले व्यक्त गरेका थिए ।

    ‘खोप नलगाउनु वास्तवमै गैरजिम्मेवारी कार्य हो । किनकी कोभिडका कारण दिनहुँ सयौं मानिसको मृत्यु भएको छ,’ उनले भने । स्वास्थ्य प्रणालीमा कुनै समस्या नरहेको र यसले संक्रमणका जतिसुकै बिरामी धान्ने सरकारको भनाई छ ।

    स्वास्थ्य मन्त्री मिखेल मुरास्कोले कोभिडको त्रासका कारण उपचार छोडेर घरमै बसेका चिकित्सकलाई खोप लगाएर काममा फर्किन आग्रह गरेका छन् । रसियाा अझै पनि साढे सात लाख संक्रीय संक्रमित छन् ।

    महामारी फैलिएपछि ८० लाख जना संक्रमित भइसकेका छन् । तर, कूल जनसंख्याको एक तिहाइले मात्र खोप लगाएका छन् । अझै पनि रसियाको ठुलो जनसंख्या खोप लगाउन अनिच्छुक देखिन्छ ।

    हालै गरिएको एक सर्वेक्षणमा ५० प्रतिशत रसियाली खोपप्रति विश्वास गर्दैनन् । रसियाले आविश्कार गरेको कोभिड खोप स्पुतनिक ५ लाई तीन ओटा देशले अनुमोदन गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology