Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी,दक्षिणपन्थी अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको निर्देशन

एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी,दक्षिणपन्थी अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७८ आइतवार • १५:४६:१५ बजे
  • 1.0K
    SHARES
  • एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी,दक्षिणपन्थी अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको निर्देशन

    नेकपा (एकीकृत समाजवादी) तीन महिने संगठन विस्तार अभियान थालेको छ । सो पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

    images

    पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ ।

    ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन (अपानी–२) जारी गर्दै निर्देशन दिएका छन् ।

     

     पार्टीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    त्यसैगरी महासचिव डा. बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै उनीहरूको कार्यविभाजन समेत गरेको हो । यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology