Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सहकारी ठगी प्रकरण : बिगो ४ अर्बभन्दा बढी

सहकारी ठगी प्रकरण : बिगो ४ अर्बभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १०:१६:३१ बजे
  • 1.0K
    SHARES
  • सहकारी ठगी प्रकरण : बिगो ४ अर्बभन्दा बढी

    सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

    images

    असोज मसान्त अर्थात् आइतवारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टोलीले निक्षेपकर्ताको रू। ४ अर्ब ७ करोड १ लाख १ हजार ४४४ रुपैयाँ ठगी गरेको आरोप लागेको हो ।

    नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा शुक्रवारसम्म ९९१ जना पीडितले जाहेरी दिएका छन् । उक्त जाहेरीको आधारमा बिगो रकम ४ अर्बभन्दा माथि पुगेको सीआईबी प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

    सम्भवतः यो सहकारी क्षेत्रमा भएको सबैभन्दा ठूलो गठी प्रकरण हुन सक्ने उनको भनाइ छ । ‘अझै पनि केही पीडितहरू जाहेरी दिने तयारीमा छन् । करीब १ हजार जनाले लिखित जाहेरी दिएका छन् ।

    हामीले गरेको प्रारम्भिक अध्ययनअनुसार सम्भवतः सहकारी क्षेत्रमा यो स्तरको ठगी प्रकरण यसभन्दा पहिला भएको देखिँदैन,’ उनले भने, ‘तसर्थ, सहकारी क्षेत्रमा भएको यो सबैभन्दा ठूलो प्रकरण हो जस्तो लाग्छ ।’

    उनले यस घटनामा विषयमा अहिले आवश्यक प्रमाणहरू जुटाउने काम भइरहेको बताए । ‘अझै पनि हामी यस मुद्दामा आवश्यक कागजपत्र जुटाउने काम गरेका छौं ।

    त्यो काम सकिएपछि मात्र हामी यस मुद्दाको विश्लेषण गर्ने चरणमा प्रवेश गर्छौं,’ प्रवक्ता महतोले भने । सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीको आधारमा गत असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो ।

    साथै, असोज १९ गते थप ११ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेपछि अन्य पीडित निक्षेपकर्ताहरू पनि जाहेरी दिँदै आएका छन् । सीआईबीले असोज १९ गते उक्त आरोपीहरूलाई सार्वजनिक गर्दा बिगो रकम ७० करोड रुपैयाँको हारहारीमा थियो । 

    हालसम्म आउँदा बिगो रकम ४ अर्बभन्दा बढी पुगेको छ । निक्षेपकर्ताहरूको उजुरीको आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद् पनि हुन् ।

    साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् ।

    समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # सहकारी ठगी प्रकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology