Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ऋण तिर्न आफ्नै छोराछोरी बेच्दै

ऋण तिर्न आफ्नै छोराछोरी बेच्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १०:४८:१८ बजे
  • 499
    SHARES
  • ऋण तिर्न आफ्नै छोराछोरी बेच्दै

    एजेन्सी । अफगानिस्तानमा गरीबीको चपेटमा परेका अभिभावकहरू ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य भएका छन् ।

    images

    द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टका अनुसार पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ५५० डलरमा बेचेका छन् । उनले ऋण लिएको व्यक्तिलाई आफ्नी ३ वर्षीया छोरी बेचेकी हुन् ।

    रिपोर्टका अनुसार उनले ५५० डलर तिर्नुपर्ने थियो । तर, उनले दैनिक ७० सेन्ट मात्रै कमाउँछन् । उनका पति बेरोजगार बसिरहेका छन् । आफू भोकभोकै सुत्ने गरेकी पनि बताएकी छन् ।

    उनी भन्छिन्, ‘यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ । आज राति हामीले केही पनि खाएको छैन ।

    छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु ।’ उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो ।

    उनी भन्छन्, ‘मसँग पनि त पैसा छैन । र उनीहरुले तिर्न सकिरहेका छैनन् । त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन ।’

    गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरीबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो ।

    यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology