Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे प्रचण्ड

मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १३:३४:४३ बजे
  • 526
    SHARES
  • मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

    images

    दम रोग पीडित वैद्यलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे थियाे ।

    अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्न प्रचण्ड आज बिहान अस्पताल पुगेका हुन् ।

    उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए ।

    साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यमर्कीले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology