Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेको वडा अधिवेशन देशभर एकैदिन, भर्चुअल माध्यमबाट ओलीले उद्घाटन गर्ने

एमालेको वडा अधिवेशन देशभर एकैदिन, भर्चुअल माध्यमबाट ओलीले उद्घाटन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १३:३६:३२ बजे
  • 1.0K
    SHARES
  • एमालेको वडा अधिवेशन देशभर एकैदिन,  भर्चुअल माध्यमबाट ओलीले उद्घाटन गर्ने

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले देशभरका सबै वडाहरुमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ ।

    images

    कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा एकैदिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडा अघिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

    हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology