Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना भाइरसको संक्रमण २३० दिनमा पहिलो पटक सबैभन्दा कम कोरोना संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण २३० दिनमा पहिलो पटक सबैभन्दा कम कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १६:१०:५३ बजे
  • 715
    SHARES
  • भारतमा कोरोना भाइरसको संक्रमण २३० दिनमा पहिलो पटक सबैभन्दा कम कोरोना संक्रमित

    एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण २३० दिनमा पहिलो पटक २४ घण्टामा कम देखिएको छ ।

    images

    त्यहाँ पछिल्लो २४ घण्टामा संक्रमणको १३,५९६ केस दर्ता भएको छ। २३० दिनमा यो पहिलो पटक २४ घण्टामा यति थोरै केसहरु देखिएको जनाइएको छ ।

    यस अवधिमा कोभिड १९ को कारण १६६ जनाको मृत्यु भएको छ। देशमा १८९६९४ जनामा कोरोना संक्रमण सक्रिय छ। यो संगै महाराष्ट्रबाट एउटा खुसीको खबर पनि आयो। महामारीको शुरुवातपछि, यो आइतबार पहिलो पटक संक्रमणको कारण एक जनाको मृत्यु नभएको जनाइएको छ ।

    कोभिडबाट महाराष्ट्रको राजधानी मुम्बई नराम्ररी प्रभावित भएको छ। कोभिडको कारण हालसम्म भारतमा ४,५२,२९० को मृत्यु भइसकेको छ र ३,३४,३९, ३३१ जना उपचार पछि निको भैसकेका छन्।

    आईसीएमआरको तथ्या्क अनुसार पछिल्लो २४ घण्टामा ९,८९,४९३ नमूनाहरुको कोरोना परीक्षण गरिएको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology