Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढायो सार्वजनिक सवारीको भाडा, अब यातायात चढ्न साथ १८ रुपैयाँ तिर्नुपर्ने

बढायो सार्वजनिक सवारीको भाडा, अब यातायात चढ्न साथ १८ रुपैयाँ तिर्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १६:१३:२१ बजे
  • 853
    SHARES
  • बढायो सार्वजनिक सवारीको भाडा, अब यातायात चढ्न साथ १८ रुपैयाँ तिर्नुपर्ने

    काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सोमबारदेखि सार्वजनिक सवारीसाधानको भाडा बृद्धि भएको छ ।

    images

    भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको मिति २०७८ असोज २० गतेको मन्त्रीस्तर निर्णय अनुसार कार्तिक १ गते अर्थात सोमबारदेखि वागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवहाक सवारी साधानहरुको भाडादर बृद्धि भएको हो ।

    नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ भने किलोमिटर अनुसार भाडा बृद्धि गरिएको छ ।

    बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने भएको छ ।

    यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology