Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीले ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने

एकीकृत समाजवादीले ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १७:२७:२९ बजे
  • 673
    SHARES
  • एकीकृत समाजवादीले ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ । त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ ।

    images

    समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ ।

    यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थितरुपमा प्रकाशन गर्न देशभर समाचार सङ्कलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका थिए ।

    यही कात्तिकको तेस्रो सातासम्म पार्टी निकट समाजवादी प्रेस सङ्गठनको भेला गरी घोषणासभा गरिने समाजवादीप्रेस सङ्गठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए । सो सङ्गठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology