Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?’ भनेपछि हत्या : जात व्यवस्था उन्मूलन मोर्चा

दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?’ भनेपछि हत्या : जात व्यवस्था उन्मूलन मोर्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १८:५४:४१ बजे
  • 1.5K
    SHARES
  • दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?’ भनेपछि हत्या : जात व्यवस्था उन्मूलन मोर्चा

    जात व्यवस्था उन्मूलन मोर्चाले स्थलगत अध्ययन गर्दा मन्दिर प्रवेशकै निहुँमा चितवनमा दलितको हत्या गरिएको पुष्टि भएको दाबी गरेको छ।

    images

    मोर्चाको केन्द्रीय समितिका सचिव महावीर विश्वकर्माले विज्ञप्तिमार्फत आफूहरूले घटनास्थलमा गई पीडित परिवार तथा प्रत्यक्षदर्शीसँग संवाद गर्दा ‘हामी दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?

    भनेपछि विवाद उत्पन्न भएको र त्यस क्रममा स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गर्दा स्थानीय भीमबहादुर विश्वकर्माको मृत्यु भएको प्रमाणित भएको दाबी गरेका हुन्।

    चितवनमा आफूले पनि मन्दिर प्रवेश गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा दलितको हत्या गर्ने दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न जात व्यवस्था उन्मूलन मोर्चाले माग गरेको छ।

    घटना विवरणअनुसार गत असोज २७ गते बिहान भरतपुर महानगरपालिका वडा नम्बर ४ मा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेर माग राख्दा स्थानीय भीमबहादुर विश्वकर्मालाई कुटेरै मारिएको हो।

    jat-byabastha-.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology