Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १९:०३:५२ बजे
  • 937
    SHARES
  • साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

    मन्त्रिपरिषद बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

    images

    मंगलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

    त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

    मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरेको छ।

    बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

    उनले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने निर्णय गरेको पनि बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology