Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मन्त्रिपरिषद् बैठकले गरेको महत्वपुर्ण पाँच निर्णय

मन्त्रिपरिषद् बैठकले गरेको महत्वपुर्ण पाँच निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७८ सोमवार • १९:१८:१२ बजे
  • 538
    SHARES
  • मन्त्रिपरिषद् बैठकले गरेको महत्वपुर्ण पाँच निर्णय

    सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।

    images

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए । बैठकले मोहम्मद जयन्तीका अवसरमा कार्तिक २ गते मुस्लीम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

    त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं बित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology