Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उत्तर कोरियाले गर्यो अर्को ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले गर्यो अर्को ब्यालेस्टिक मिसाइल प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १०:३२:५४ बजे
  • 1.3K
    SHARES
  • उत्तर कोरियाले  गर्यो अर्को ब्यालेस्टिक मिसाइल प्रहार

    एजेन्सी । उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ ।

    images

    उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ । यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।

    अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य प्रविधिमा तीब्र प्रगति गरेका छन् । गत साता मात्रै उत्तर कोरिया र अमेरिकाबीचको तनाबको मुख्य कारक वासिंगटन भएको किमले आरोप लगाएका थिए ।

    उत्तर कोरियाले अमेरिकालाई कहिल्यै पनि शत्रुतापूर्ण दृष्टिकोण नराखेको उनको भनाई थियो । अमेरिकी दूतले प्योङयाङसँग वार्ताको प्रस्ताव गरिरहेका बेला उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो ।

    ‘एक अर्को देशबीच समझधारी बढाउन हामी उत्तर कोरियासँग वार्ता गर्न चाहन्छौं’, उत्तर कोरियाका लागि अमेरिकी दूत सुङ किमले भने ।

    कोरियाली नेता किमले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले आफ्नो शासन कालमा उत्तर कोरियाली प्रायद्वीपको युद्ध अन्त्य गर्ने वारम्बार बताए पनि सफल हुन सकेका थिएनन् ।

    उत्तरलाई निशस्त्र पार्ने विषयमा वर्तमान राष्ट्रपति जो बाईडेनले कूटनीतिलाई तीब्रता दिएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology