Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक पुगे उपराष्ट्रपति पुन

वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक पुगे उपराष्ट्रपति पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १०:४८:२६ बजे
  • 943
    SHARES
  • वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक पुगे उपराष्ट्रपति पुन

    उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    images

    दम रोग पीडित वैद्यलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन आज बिहान ८ः४० बजे अस्पताल पुगेका हुन् ।

    उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

    साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यमर्कीले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपति पुनलाई जानकारी गराएका थिए । 

    अवसरमा वैद्यको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी गराए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology