Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादी केन्द्रको सम्मेलन कार्यतालिका हेरफेर

माओवादी केन्द्रको सम्मेलन कार्यतालिका हेरफेर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १३:०५:२७ बजे
  • 679
    SHARES
  • माओवादी केन्द्रको सम्मेलन कार्यतालिका हेरफेर

    नेकपा (माओवादी केन्द्र)ले सदस्यता नविकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ ।

    images

    स्थायी कमिटीको मंगलबार बसेको बैठकले सदस्यता नविकरण र सम्मेलनहरुको तालिका हेरफेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको समयअवधि कत्तिक २५ गतेसम्म थपिएको छ । यस्तै, टोल सम्मेलनहरु कात्तिक २ठ गतेसम्म हुनेछन् ।

    वडा सम्मेलनको म्याद मंसिर ४ गतेसम्म थपिएको छ भने पालिका सम्मेलनहरु मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्ने छ । प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म सकेर पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराले बताए ।

    मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने ज्येष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।

    बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेस गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिए । माओवादी केन्द्रको अर्को बैठक कात्तिक ४ गते पुनः बस्ने छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology