Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिका

अमेरिकी राष्ट्रपति भवन (ह्वाइट हाउस) बाहिर गोली चल्यो

अमेरिकी राष्ट्रपति भवन (ह्वाइट हाउस) बाहिर गोली चल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७७ मंगलवार • ०८:२९:१० बजे
  • 2.1K
    SHARES
  • अमेरिकी राष्ट्रपति भवन (ह्वाइट हाउस) बाहिर गोली चल्यो
    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर गोली चलेको बताएका छन्। पत्रकारहरुसँग कुरा गरिरहेका बेला ह्वाइट हाउस बाहिर अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो आफुलाई लागेको ट्रम्पले बताएका हुन।

    पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्प पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए। तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राख्दै उनले भने, ‘स्थिति नियन्त्रणमा छ।’ उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ।

    ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक कामको प्रशंसा गरे। पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि पुनः सम्मेलनस्थलमा फर्केका ट्रम्पले सो घटना आफुप्रति लक्षित भए वा नभएको बारे केही जानकारी नभएको बताएको बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology