Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुबी खानले तोडिन् अनसन

रुबी खानले तोडिन् अनसन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७८ मंगलवार • १६:४४:१९ बजे
  • 583
    SHARES
  • रुबी खानले तोडिन् अनसन

    नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले माइतीघर मण्डलामा जुस खुवाएर अनसन तोडाएका हुन् ।

    images

    गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै खानले १३ दिन लामो अनसन तोडेकी हुन् ।

    त्यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो ।

    गृहमन्त्री बालकृष्ण खाँडले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको गृह प्रवक्ता पोखरेलले बताए ।

    अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताएकी छन् । रुबीले भनिन्, समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने हामी यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु ।’

    निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै मुस्लिम समाज चेतना केन्द्रले जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिएको थियो ।

    त्यसबारे प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबी नेतृत्वको टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएको थियो । काठमाडौंमा आएर धर्ना शुरु गरे लगतै प्रहरीले धरपकड गरी रुबीलाई पुनः नेपालगञ्ज पुर्‍यायो ।

    प्रहरीले उनलाई अदालतबाट टुंगो लागिसकेको बहुबिवाहको मुद्दामा समेत फसाउन खोजेको थियो । सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपछि रुबीलाई छाड्न प्रहरी बाध्य भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology