Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरो पीडितको उद्धार र राहतका लागि सरकारसँग अनेरास्ववियु क्रान्तिकारीको माग

पहिरो पीडितको उद्धार र राहतका लागि सरकारसँग अनेरास्ववियु क्रान्तिकारीको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १०:५५:५७ बजे
  • 808
    SHARES
  • पहिरो पीडितको उद्धार र राहतका लागि सरकारसँग अनेरास्ववियु क्रान्तिकारीको माग

    अनेरास्ववियु क्रान्तिकारीले देशका विभिन्न भागमा आएको बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई राहत र घाइतेको उपचार तुरुन्त गर्न सरकारसँग माग गरेको छ।

    images

    सत्तरुड नेकपा माओवादी केन्द्रको विध्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजीमा तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएकी हुन ।

    ‘बाढीका कारण भएको मानवीय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानिय, प्रदेश तथा संघीय सरकारसँग जोडदार माग गर्दछौ।’

    विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप जस्ता शंकटको घडीमा अनेरास्ववियु क्रान्तिकारी सदैव जनताको शंकट समाधानका लागि जनतासँगै रहेको कुरा जगजाहेर छ।

    यस शंकटको समयमा अनेरास्ववियु क्रान्तिकारीको सबै निकायमा रहनुभएका नेता कार्यकर्ताहरुलाई उद्धार कार्यमा जुट्न निर्देशन गर्दै विपत जोखिम क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन समेत आह्वान गर्दछौ।’

    बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोगको लागि सहयोगीदाताहरुसँग क्रान्तिकारीले अपिल समेत गरेको छ।

    k1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology