Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनले गर्यो ११ अमेरिकीहरुमाथी प्रतिबन्धको घोषणा

चीनले गर्यो ११ अमेरिकीहरुमाथी प्रतिबन्धको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७७ मंगलवार • ०८:५२:०३ बजे
  • 1.2K
    SHARES
  • चीनले गर्यो ११ अमेरिकीहरुमाथी प्रतिबन्धको घोषणा
    एजेन्सी । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेत केही संस्थाका प्रमुखहरुसहित ११ जनाविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा हस्तक्षेप गरेकाले प्रतिबन्ध लगाउनु परेको जानकारी दिए। चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि छन्।

    अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ठ अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो। चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले त्यसको विरोध गर्दै आइरहेको छ। अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्ध घोषणा गरिएका अरू चिनियाँ वरिष्ठ अधिकारीहरूले चीनका नीतिहरू हङकङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ।

    प्रवक्ता झाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको समाचार ग्लोबल न्युजले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology