Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गिनिज बुकमा लेख्ने कुरा कति छन्, आधा भाग त हामीले गरेको कामले भरिन्छ : केपी ओली

गिनिज बुकमा लेख्ने कुरा कति छन्, आधा भाग त हामीले गरेको कामले भरिन्छ : केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १५:३९:२९ बजे
  • 1.1K
    SHARES
  • गिनिज बुकमा लेख्ने कुरा कति छन्, आधा भाग त हामीले गरेको कामले भरिन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गिनिज बुकमा नाम लेख्ने धेरै काम गरेको दावी गरेका छन् । बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने दावी गरे ।

    images

    वर्तमान सरकारले कुनैपनि काम गर्न नसक्ने दावी गर्दै ओलीले एमालेले बाहेक अरुले विकासका काम नगर्ने दावी समेत गरे । ‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ ।

    दुई यो एमाले हो क्या एमाले । गिनिज बुकमा लेख्ने कुरा कति छन् कति ?’ ओलीले भने, ‘दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।’

    उनले दुनियाँमा यस्तो कही नभएको समेत बताए । एकैपटक ६ सय भन्दा बढी स्वास्थ्य चौकी एकैपटक शिलान्यासदेखि २१० वटा बाटो एकैदिन शिलान्यास गरेको ओलीले चर्चा गरे ।

    उनले काम गर्न हुती चाहिने पनि बताए । ‘त्यसकारण त एमाले चाहिन्छ । काम गर्न एमाले चाहिन्छ’, ओलीको भनाई छ । उनले नेकपा एमालेलाई पछि धकेल्न देशभित्रको मात्रै होइन, विश्वकै शक्ति लागेपनि एक कदम मात्रै पछि धकेलिने बताए

    । उनले एमालेको अभिष्ट सरकार बनाउने भन्दा पनि देश बनाउने रहेको भन्दै देश बनाउने निश्चित गरेर मात्रै सरकार बनाउने बताए । उनले नेकपा एमालेका सांसदहरु मन्त्री पाउन माधव नेपालको पार्टीमा गएको भन्दै ती व्यक्तिले धव्वा लगाएको टिप्पणी गरे

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology