Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हामीले चाहे यो सरकार एक सातामा ढल्छ:ओली

हामीले चाहे यो सरकार एक सातामा ढल्छ:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • १५:५९:४३ बजे
  • 598
    SHARES
  • हामीले चाहे यो सरकार एक सातामा ढल्छ:ओली

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् ।

    images

    बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए ।

    ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि ।

    दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे । ‘हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ ।

    देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीको भनाई । उनले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ ।

    हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी’, कार्यकर्तालाई ओलीको निर्देशन छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology