Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रको अवलोकनमा सुदुरपश्चिम प्रस्थान (भ्रमण तालिका सहित)

प्रधानमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रको अवलोकनमा सुदुरपश्चिम प्रस्थान (भ्रमण तालिका सहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७८ बिहिवार • ०९:२८:३४ बजे
  • 826
    SHARES
  • प्रधानमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रको अवलोकनमा सुदुरपश्चिम प्रस्थान (भ्रमण तालिका सहित)

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा सुदुरपश्चिमको बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्कनुभएको छ । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्कनुभएको हो ।

    images

     

    प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको टोली सवार हेलिकोप्टर प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिनुहुने छ । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल हुँदै बझाङ जाने कार्यतालिका रहेको छ ।

    बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा जानुहुनेछ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गरेपछि टोली कञ्चनपुर प्रस्थान गर्ने छ ।

    कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ । कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै काठमाडौं फर्किने छ ।

    246773680_396789508805307_6718101109444039655_n_SCak5FVykG.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology