Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपहिरो र डुबानमा मृत्यु भएका परिवारलाई काँग्रेसले २५ हजार रूपैयाँ दिने

बाढीपहिरो र डुबानमा मृत्यु भएका परिवारलाई काँग्रेसले २५ हजार रूपैयाँ दिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७८ बिहिवार • ०९:३४:३४ बजे
  • 787
    SHARES
  • बाढीपहिरो र डुबानमा मृत्यु भएका परिवारलाई काँग्रेसले  २५ हजार रूपैयाँ दिने

    पोखरा । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो ।

    images

     

    समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख छ । बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन् ।

    साथै उनले सरकार सम्बन्धित निकाय, गैर सरकारी संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोगका लागि अनुरोध पनि गरेका छन् ।

    यस्तै काँग्रेस केन्द्रीय समिति सदस्य तथा समितिका सचिव किरण गिरीले काँग्रेस जनताको सुख–दुःख र संकटमा निरन्तर साथ हुने बताए ।

    यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवा सुदुरपश्चिमको बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्कनुभएको छ । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्कनुभएको हो ।

    प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको टोली सवार हेलिकोप्टर प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिनुहुने छ । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल हुँदै बझाङ जाने कार्यतालिका रहेको छ ।

    बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा जानुहुनेछ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गरेपछि टोली कञ्चनपुर प्रस्थान गर्ने छ ।

    कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ । कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै काठमाडौं फर्किने छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology